कति पुग्याे डलरकाे भाउ ?


 


काठमाडाैं, मंसिर ५

शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ। गत वर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च १ सय ९ रुपैयाँ ७७ पैसा पुगेको थियो। पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो लागेको छ । शनिबारको भाउ यसअघिको कीर्तिमानभन्दा ४१ पैसाले कम हो।

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा कमजोर बन्दा नेपालमा डलरको भाउ बढेको हो । अमेरिकी अर्थतन्त्र थप बलियो हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो।

डलरको भाउ बढ्दा विदेशबाट आयात हुने सामान महँगिन्छ । स्वदेशी मुद्रा कमजोर हुँदा सर्वसाधारणको भान्छामा चाहिने नुनतेलदेखि ठुल्ठूला जलविद्युत आयोजनाका टर्बाइनसम्मको लागि बढी मूल्य तिर्नुपर्छ ।

विश्व बजारमा सुन र पेट्रोलियम पदार्थको भाउ निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र सुनमा आएको अस्थिरताले लगनीकर्ता अन्य क्षेत्रतर्फ मोडिँदा डलरको मूल्य बढेको जानकार बताउँछन् ।

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्