त्रियासी वर्षमा नागरिकता !


 


रौतहट, जेठ २८ 

यतिखेर मगरी देवीको खुसीको सीमा छैन। उनले ८३ वर्षका उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्र्नु।

 हातखुट्टासमेत नचल्ने अवस्थामा पुगेकी मगरीले आफूले नागरिकता पाउँदा असाध्यै खुसी लागेको बताइन्। उनका एक छोरा छन् ।

 चन्द्रपुर नगरपालिका– १३ बालचनपुर निवासी मगरीलाई इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव गिरधारी सुवेदीले मङ्गलबार वैवाहिक अङ्गीकृत नागरिकता प्रमाणपत्र प्रदान गरे।

 भारतको सीतामढी जिल्ला डुमरी ग्रामपञ्चायत माइती घर भएकी मगरीलाई विवाह गरेको ६० वर्षपछि ३२२०८०।३५ नम्बरको नागरिकता प्रमाणपत्र प्रदान गरिएको उपसचिव सुवेदीले बताए। रासस

प्रकाशित मिति: २८ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्