सांसदकाे तलब भत्ता बढ्याे, अब कति पुग्याे ?


 


काठमाडाैं, मंसिर ५

आफ्नै सेवा सुविधा बढाउने विधेयकलाई सांसदहरुले आज संशोधनसहित पारित गरेका छन् । विधेयकमा सांसदहरु, संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव गरिएको छ ।

सामान्यतया विधेयकहरुलाई संसदीय समितिमा पठाएर छलफल गरेर पास गर्नुपर्नेमा सभामुख ओनसरी घर्तीले प्राथमिकतामा राखेर फास्टट्रयाकबाट सीधै संसदको पूर्ण बैठकमा छलफल गराई निर्णयार्थ पेश गरेकी हुन्। सरकारले प्रस्ताव गरेको विधेयकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राखेको संशोधन पारित भएको हो।

सरकारले सांसदको दैनिक बैठक भत्ता ५ सय रुपैयाँमात्र प्रस्ताव गरेकोमा अब १ हजार हुने संशोधन पास भएको हो। अहिले बैठक भत्ता २ सय रुपैयाँमात्र रहेको छ। संसदको बैठक र संसदीय समितिको बैठक बस्ने दिन सांसदहरुले अब पाँच गुणा बढी हजार रुपैयाँ भत्ता पाउने छन्।

त्यसैगरी सांसदहरुले बढेको घरभाडा भत्ता गएको साउन महिनादेखि नै लागू हुने गरी पाउने छन्।

यस्ताे छ सुविधा

विषय पहिले अहिले 
पारिश्रमिक ४४,१८० ५५,२३०
बैठक भत्ता २०० १०००
महंगी भत्ता १००० १००० (विशेष भत्ता)
आवास ६५०० १८,०००
फर्निचर १५,००० १५,०००
पत्रपत्रिका/टेलिफोन २,३०० ३,००० (इन्टरनेट र सञ्चार)
परिवहन भत्ता/यातायात १५० १,०००
बिजुली धारा १,२४८ २,०००

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्