काठमाडौँ महानगरले शैक्षिक मेला सञ्चालन गर्न नदिने


 


काठमाडौं, असार १ । काठमाडौँ महानगरपालिकाले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन गर्न नदिने भएको छ ।

भृकुटीमण्डपमा आज (शुक्रवार)देखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरले रोक लगाएको थियो। महानगर प्रहरी प्रमुख राजु पाण्डेले तत्कालको अवस्थामा कुनै पनि हालतमा मेला सञ्चालन गर्न नदिन भन्ने आदेश आएको बताए ।

मेला सञ्चालन गर्ने विषयमा काठमाडौँ महानगरको शिक्षा विभाग र हिसान प्रतिनिधिबीच छलफल भइरहेको छ । हालसम्म कुनै निर्णय नगरेको भन्दै महानगर प्रहरी मेला स्थलमा तैनाथ गरिएको छ।

मेलामा कक्षा १० र १२ नतिजा नआई उच्च शिक्षाका लागि भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै महानगरले मेलामा रोक लगाएको हो ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्