लोकतन्त्र र अग्रगमनका पक्षमा आवाज उठाउने-ओली


 


kp oliकाठमाडौं, मंसिर ५

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन् ।

नेकपा एमाले प्रदेश नम्बर ३ सङ्गठन विभागले यहाँ आज आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा उनले सोमबार हुने तीन दलको बैठकमा आफूले राष्ट्रहितका पक्षमा नै अडान लिने बताए ।

बैठकमा आफू दृढताका साथ लोकतन्त्र र अग्रगमनका पक्षमा आवाज उठाउने उनले बताए ।

मित्रताका नाममा देशलाई कुठाराघात गर्न नदिनेमा उनको जोड थियो । परराष्ट्र नीति सञ्चालनको आधार राष्ट्रहित, अन्तर्राष्ट्रिय सम्बन्ध र न्याय नै आधार हुने उनले बताए ।

अहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने पनि ओलीले बताए । सातभन्दा बढी प्रदेशको माग गर्दा देश ध्वस्त हुने पनि उनले बताए ।

एमाले विगतदेखि नै अनुत्पादकभन्दा पनि उत्पादक रोजगारीका पक्षमा लागेको उन्को भनाइ थियो ।

नेकपा (एमाले) केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले एमालेको अडान पार्टीका लागि मात्रै नभएर मुलुकका लागि आवश्यक भएकोमा जोड दिए ।

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्