युएईमा अलपत्र १४ जना नेपालीको उद्धारका लागि पहल


 


काठमाडौं, असार ३ । यूएईमा अलपत्र परेका १४ जना नेपाली श्रमिकको उद्धारका लागि पहल थालिएको छ । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धारका लागि दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) पहल थालेको हो ।

लामो समयदेखि यूएईमा कार्यरत रहेको उनीहरू २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरेर नेपाल फर्काउन लागिएको एनआरएमए दुबईका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।

त्यसरी अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका श्रमिकहरु रहेका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायतका छन् ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्