अागलागी पछिकाे भाेजपुर (मनै रूने तीन तस्बिर)


 


aaglagi-bhojpur-3काठमाडाैं, मंसिर ६

अाइतबार साँझकाे अागलागीले भाेजपुरका ७ घर जलेर पूर्ण रूपले नष्ट भए । कराेडाैंकाे क्षति भयाे । भाेजपुर नगरपालिका ५ भाेटेपसल सप्तधारा छेउमा दाँतका लहर झैं मिलेर बनेका बस्ती ध्वस्त भएका हुन् ।

aaglagi-bhojpur-1याे ठाउँका सुन्दर घरहरू भग्नावशेषमा परिणत भएका छन् । भूँइचालाेले चर्केर घरहरू अाइतबारकाे अागलागीले पूर्ण रूपले नष्ट भएका छन् । भाेजपुर सदरमुकाममा ठूलाे अागलागीकाे घटना याे नै पहिलाे हाे ।

२०१८ सालतिर टुँडिखेल मुन्तिर पनि अागाे लागेकाे थियाे । गत साल सात धारा छेउमा एउटा घरमा अागलागी भएकाे थियाे तर खासै ठूलाे क्षति भएकाे थिएन । जस्तापाता, पुरानाे र लहरै बस्तीका कारण अागलागीका लागि भाेजपुर जाेखिमपूर्ण बजार हाे ।

भाेजपुर अागलागीमा क–कस्का घर परे ?

aaglagi-bhojpur-2

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्