दुई राप्रपा एक हुँदै


 


raprapa-nepalकाठमाडौं, मंसिर ६

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रि प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता हुँदै छ ।

राजधानीको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच दुई राप्रपा एक हुन लागेका हुन् । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने र दुईजना अध्यक्ष हुने अन्तरिम विधान पारित भइसकेको छ ।

आज पार्टी एकीकरण घोषणा भएसँगै पशुपति शमसेर राप्रपाको राष्ट्रिय अध्यक्ष हुनेछन् भने कमल थापा पार्टी अध्यक्ष बन्ने छन् ।

एकिकरण पछि पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने छ । महाधिवेशन तीन महिनाभित्र हुने छ ।

पार्टीमा दुई अध्यक्षसहित ५ जना शीर्ष नेताको नेतृत्व लियर हुनेछ । जसमा लोकेन्द्रवहादुर चन्द,विश्वबन्धु थापा र प्रकाशचन्द्र लोहनी हुनेछन् । राप्रपाको आलोपालो नेतृत्व प्रणाली अनुसार माघ ११ पछि राष्ट्रिय अध्यक्ष पद राणाले लोहनीलाई हस्तान्तरण गर्नुपर्नेछ ।

दुवै पार्टीका डेढ डेढ सय केन्द्रीय सदस्य समाहित भएर तीन सय सदस्यीय केन्द्रीय समिति बन्ने छ । दुवै पार्टीका हालका पदाधिकारी यथावत जिम्मेवारीमा रहने छन् ।

एकीकरणपछि राप्रपा संसदमा ३७ सिटका साथ चौथो ठूलो दल बन्ने छ ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्