संविधान संशोधनको विषयमा प्रमुख तीन दलबीच आज पनि छलफल चल्दै


 


काठमाडौं, मंसिर ६

संविधान संशोधनको विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

बालुवाटारमा सोमबार बेलुका ५ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलका शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् ।

गत शनिबार पनि प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

नेकपा एमालेका अध्यक्ष ओली भने संविधान संशोधनको औचित्य पुष्टि नभए सम्म संविधान संशोधन गर्न नसकिने बताउँदै आएका छन् ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्