भौगोलिक विकटता र अन्य सूचकाङ्कमा पछि परेको सुदूरपश्चिम, यसरी पर्यो उत्कृष्ट दश भित्र


 


farwestern

बैतडी, मङ्सिर ६
स्वास्थ्य मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमका पाँच जिल्ला उत्कृष्ट दशभित्र पर्न सफल भएका छन् ।

सार्वजनिक नामका आधारमा हेर्दा यस वर्ष कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमको अछाम देश कै उत्कृष्ट जिल्ला बनेको छ ।

सुदूरपश्चिमकै बैतडी जिल्ला तेस्रो स्थानमा उक्लिएको छ । यस अघि बैतडी स्वास्थ्य सूचकाङ्कको चौथो स्थानमा रहेको थियो ।

स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेको बैतडीले यसपालि एक स्थान माथि उक्लिन सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिमकै बझाङ चौथो स्थानमा रहेको छ भने डोटी पाँचौँ स्थानमा परेको छ ।

यस्तै सुदूरपश्चिमकै विकट जिल्ला बाजुरा छैटौँ स्थानमा रहेको छ ।

पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकाङ्कमा उत्कृष्ट हुँदै आएका छन् ।

भौगोलिक रुपले विकट र अन्य सूचकाङ्क हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष गर्ने मूल्याङ्कनमा सुदूरपश्चिमका पाँच वटा जिल्ला उत्कृष्ट १० जिल्लामा परेका हुन ।

कार्यसम्पादन मूल्याङ्कनका क्रममा सबैभन्दा कमजोर तथा आन्मिमा मनाङ जिल्ला परेको छ ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्