बैतडी विमानस्थल सञ्चालनमा आउन ५ वर्ष बढी समय लाग्ने


 


airport-sudur-paschim2

बैतडी, मंसिर ६
बैतडीको मिनी सदरमुकाम पाटनमा रहेको पाटन विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन अझै ५ वर्ष भन्दा बढी समय लाग्ने भएको छ ।

विमानस्थल सञ्चालनको लागि विस्तृत सर्वेक्षण कार्य सुरु भएकोले सर्वेक्षण टोलीले दिएको प्रतिवेदनका आधारमा टेण्डर आह्वान गरी यो आर्थिक वर्षभित्र काम सुरु गरिने र विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन अझै पाँच बर्षभन्दा बढी समय लाग्न सक्ने नागरिक उड्यन प्राधिकरणका बरिष्ट अधिकृत बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।

‘डिपिआर’ को लागि पाटन पुगेको प्राविधिक टोलीले आईतबारदेखि बिमानस्थलको विस्तृत सर्वेक्षण सुरु गरेको छ ।

२ महिनाभित्र डिपिआर तयार गरेर प्रतिवेदन नागरिक उड्यन प्राधिकरणलाई बुझाइने छ । त्यसपछि मात्रै नागरिक उड्ड्यन प्राधिकरणले विमानस्थल निर्माणको काम सुरु गर्ने छ ।

धावनमार्ग कालोपत्रे सहित बिमानस्थलमा आवश्यक पुर्वाधारको लागत सहितको ईष्टमेट बनाउन डिपिआर बनाउन लागिएको रिएलपाथ इन्जिनियर कन्सट्रक्सनका इन्जिनियर गुरुदत्त अधिकारीले बताए ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्