अनसर डा. केसी र चिकित्सक संघका अध्यक्ष डा. श्रेष्ठबीच भेटवार्ता


 


काठमाडौं, मंसिर ६
अनसरत डा. गोविनद केसी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठबीच भेटवार्ता भएको छ ।

चिकित्सा सेवामा सुधारको माग गर्दै विगत ९ दिनदेखि अनसनमा बसिरहेका डा. गोविन्द केसी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठबीच अनसनस्थलमा भएको भेटवार्तामा केसीको आन्दोलन तथा समस्याको समाधानका विषयमा छलफल भएको जनाइएको छ ।

स्रोतका अनुसार डा. केसीसमक्ष डा. श्रेष्ठले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै समस्या समाधानका लागि आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा डा. केसीले चिकित्सक संघसँग आफुले सहयोगका लागि याचना नगर्ने बरु चिकित्सक संघ आफैले जानेर चिकित्सा सेवा सुधारको निम्ति लड्नुपर्ने धारणा राखे ।

विगत ९ दिनदेखि आमरण अनसनमा बसेका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ अवस्था जटिल बन्दै गएको छ ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्