दुई राजावादी पार्टी राप्रपा र राप्रपा नेपालबीच एकिकरण


 


काठमाडौं, मंसिर ६
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकिकरण भएको छ ।

राजधानीको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच राप्रपा र राप्रपा नेपालबीच एकिकरण भएको हो ।

एकताको प्रतिवद्धता पत्रमा कमल थापा र पशुपति शमशेर राणाले हस्ताक्षर गरेर आदान प्रदान गर्दै एकिकरण गरेका थिए ।

पार्टी एकिकरण पछि राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा र पार्टी अध्यक्ष कमल थापा भएका छन् ।

पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह आउने महाधिवेशनले तोक्ने निर्णय गरेको छ । महाधिवेशन तीन महिनाभित्र हुने बताइएको छ ।

दुबै पार्टीका आधा आधा गरी ३ सय सदस्यीय केन्द्रिय समिति बनाइएको छ ।एकिकरणसँगै राप्रपा व्यवस्थापिका संसदमा ३७ सिटका साथ चौथो ठूलो दल बनेको छ ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्