सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन


 


cm-prachandaकाठमाडौं, मंसिर ६

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुदेवीसहित विभिन्न मन्त्रालयका सचिवलाई बोलाई उनले सरकारको प्राथमिकता र जनजीविकाका सवालमा परिणाममूलक काम गर्न निर्देशन दिएका हुन् ।

यसअघि प्रधानमन्त्री दाहालले गत साउन २३ गते सरकारको बजेट, नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तत्कालीन सुधारका कार्ययोजना ल्याउन निर्देशन दिएका थिए ।

सरकारले संविधानको कार्यान्वयन, पुनःनिर्माण, निर्वाचनसम्बन्धी कानुन निर्माणलगायतमा प्राथमिकता दिँदै आएको छ ।

प्रधानमन्त्री दाहालका प्रशासकीय सल्लाहकार नारायण दाहालले परिणाममूलक कामका लागि तत्काल कदम चाल्न कडा निर्देशन दिएको पत्रकारहरुलाई बताए

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्