काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी दुर्घटना


 


महोत्तरी मंसिर ६
सत्तारुढ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डमा दुर्घटना भएको छ ।

दुर्घटनामा बरिष्ठ नेता पौडेललगायत गाडीभित्र बसेका सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उपरीक्षक भट्टराईका अनुसार बर्दिबासबाट जलेश्वर आउने क्रममा जावखचौकमा नेता पौडेल सवार च६च ७५५५ नम्बरको गाडीको अचानक स्टेरिङ फेल भएर सडकको छेउमा रहेको खेतमा खस्ने आवस्थामा गाडी रोकिएको थियो ।

बरिष्ठ नेता पौडेल महोत्तरी काँग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जलेश्वर आउँदै गर्दा दुर्घटना भएको र अहिले उनी अर्को गाडीबाट जलेश्वर पुगिसकेका छन् ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्