साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित


 


काठमाडौं, असार ६ । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ ।

आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३–१ ले पराजित भएको हो ।

साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध तीन गोलले पछि परेपछि नेपालले एक गोल फर्काएको हो ।

खेलको ६७औं मिनेटमा अन्जनले कुवेतका तीन डिफेण्डर र गोलरक्षकलाई छक्याउँदै बक्स भित्रबाट शानदार गोल गरे । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्‍याएका छन् ।

उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए ।

यो प्रतियोगितामा नेपाल समूह ए मा छ । यो समूहमा भारत र पाकिस्तान पनि छ ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्