Deshko News
९ आश्विन २०८०, मंगलबार

बढेको तलब भुकम्प पीडितलाई दिने काँग्रेस सांसद धनराजको घोषणा



dhan-raj-gurungकाठमाडौं, मंसिर ६
सत्तारुढ नेपाली कांग्रेसका सभासद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन् । कांग्रेस सभासद गुरुङले भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नसकेको र भूकम्प पीडितले राज्यबाट घोषित राहत समेत पाउन नसकेकोले आफ्नो बढेको तलब सिधै भूकम्प पीडितको राहतका लागि स्थापना गरिएको भूकम्प पीडित राहत कोषमा जाने व्यवस्था गर्न आग्रह गर्दै संसद सचिवालयलाई पत्र लेखेका छन् ।

साथै उनले यस्तो आवस्थामा सांसदहरुले तलब सुविधा बृद्धि गर्न संसदीय अभ्यास विपरित भएको पनि बताएका छन् । आइतबार सांसदहरुको तलब सुविधा बृद्धिसम्बन्धी पास गरेको विधेयक अनुसार सांसदले गत साउन देखि लागु हुने गरेर तलब भत्ता महिनामा एक लाख भन्दा बढी पाउने भएका छन् ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News