टेलिकमद्वारा एफटीटीएच सेवा विस्तार, १९८ बाट निःशुल्क जानकारी लिन सकिने


 


काठमाडौं, असार १० । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा एफटीटीएच (ँत्त्ज्) सेवा थप विस्तार गरेको छ ।

सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै टेलिकमले निःशुल्क नम्बर १९८ मा डायल जानकारी लिन र सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

टेलिकमका अनुसार भोलि (सोमबार)देखि सेवाग्राहीले एफटीटीएच सेवा प्राप्त गर्न १९८ मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सक्नेछन् ।

ती स्थानहरुमा कम्पनीले छिटो एफटीटीएच (ँत्त्ज्) जडान गर्नेछ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबर (ँष्दभच) बाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।

प्रकाशित मिति: १० असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्