यसरी हट्ने भयाे लाेडसेडिङ


 


काठमाडाैं। मंसिर ७

अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा संचालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालिको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने विद्युत प्राधिकरणको योजना छ ।

भारतबाट हाल (शनिबार साँझसम्म) दुई सय ४८ मेगावाट बिजुली आयात भइरहेको छ । भारतीय सहमति कार्यान्वयन भएमा पाँच सय मेगावाट बिजुली आयात हुनेछ ।

नेपाल र भारतका उर्जा अधिकारीबीच शनिबार नयाँ दिल्लीमा सम्पन्न सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाट अर्को थप चालिस, ढल्केवरबाट थप असी, रक्सौल–परवानीपुर र कटैया–कुसाहाबाट पचास–पचास गरी थप दुईसय पचास मेगावाट विद्युत दिन भारत सहमत भएको हो ।

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्