अख्तियारको टोलीमाथि आक्रमण


 


मुगु, जेष्ठ २८ – जिल्लामा आउादै गरेको  अख्तियारको टोली माथि बिहीबार बाटोमै आक्रमण भएको छ । आक्रमणमा अख्यिारका अधिकृत मेघनाथ सापकोटालाई चोट लागेको छ भने उनी चढेको गाडीमा तोडफोड गरिएको छ ।

पिना गाविसको बालै गाउामा सुर्खेत देखि आएको ७ जनाको अख्तियारको टोली चढेको गाडी्माथि बेलुका ७ बजेतिर आक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अख्तियारको  टोली चडेको गाडीमा सिसा तोडफोड भएको र अधिकृत सापकोटा लाई चोट लागेको प्रजिअ शम्भुप्रसाद रेग्मीले जानकारी गराए । अख्तियारको टोली माथि आक्रमण गरेको आशंकामा ५ जनालाई पक्राउ गरिएको प्रजिअ रेग्मीले बताए ।

ekantipur

प्रकाशित मिति: २८ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्