किन सलमानको विरुद्धमा कट्रिना ?


 


salman-story-fb_647_020816112044काठमाडौं, मंसिर ७

वलिउडको राम्रै हिट जोडी हो, सुपरस्टार सलमान खान र कट्रिना कैफको जोडी । एकसाथ पर्दामा आउँदा दर्शकले राम्रै मन पराए । यी दुई स्टार कलाकारबीच प्रेमको चर्चा पनि मिडियामा राम्रै बन्यो धेरैले कट्रिनालाई सलमानको हिरोईनको रुपमा समेत व्याख्या गरे ।

अब भने एकसाथ देखिने भए पनि सलमानको चिरुद्धमा कट्रिना देखिने चर्चा सुरु भएको छ ।

वलिउड अनलाईन कोईमोई डटकमले लेखे अनुसार २०१२ मा रिलिज कबिर खानको फिल्म ‘एक था टाईगर’को सिक्वेल भनिएको ‘टाईगर जिन्दा है’मा नेगेटिभ भूमिकामा कट्रिना देखिने कुरामा भित्रभित्रै सहमति भईसकेको छ ।

एक था टाईगरमा सलमान र कट्रिना एकसाथ देखिएका थिए । भारतको वर्तमान राजनीतिक कहानीलाई समेट्ने गरी बन्न लागेको भनिएको फिल्म २०१७ को क्रिसमसमा रिलिज गरिने घोषणा समेत गरिसकिएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्