स्याबास गगन ! जसले अाफ्नाे तलब अस्पताललार्इ दिए


 


काठमाडौँ, ७ मङ्सिर

gagan-thapaस्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने भनी त्यति बेला नै घोषणा गरेका थिए ।

सोही अनुरुप उनले सोमबार रकम हस्तान्तरण गरेका हुन् । उाले अस्पतालमा उपचार गर्न आउने विपन्नलाई सहयोग गर्नका लागि सम्भ्रान्त एवं सम्पन्न वर्गलाई आह्वान समेत गरेका छन् ।

अस्पतालमा अर्बुद रोगपीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको सो कोषलाई अर्थ अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने भावनाका साथ सशक्त बनाउन निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्