रुपन्देही र रोल्पामा प्रदर्शन


 


काठमाडौँ, मंसिर ७

प्रदेश नम्बर–५ का पहाडी जिल्लालाई छुट्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै रुपन्देहीका बुटवल र भैरहवामा विरोधर्‍याली निकालिएको छ ।

मंगलबार साँझ बुटवलको ट्राफिकचोकबाट निस्किएको विरोधर्‍याली पुष्पलालपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरुले प्रदेश नम्बर–५ को सीमा परिवर्तन नगर्न आग्रह गरेका थिए ।

यस्तै, भैरहवाको लुम्बिनीरोडबाट निस्केको र्‍याली बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान, विद्रोहीचोक, प्रहरीटोल हुँदै मिलनचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

यसैबिच रोल्पामा पनि प्रदेश नम्बर–५ लाई नटुक्र्याउन आग्रह गर्दै मंगलबार प्रदर्शन भएको छ ।

रोल्पाको सर्वदलीय, सर्वपक्षीय सरोकारवाला निकायले विरोधर्‍याली निकालेको हो ।

रोल्पालगायतका पहाडी जिल्ला साविककै ५ नम्बर प्रदेशमा हुनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्