कति पुग्याे सुनकाे भाउ ?


 


काठमाडाैं, मंसिर ७

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो मूल्य बढेर मंगलबार ५५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ।  अघिल्लो दिन यो मूल्य ५५ हजार १ सय रुपैयाँ थियो।

त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ७ सय ८५ रुपैयाँ रहेकोमा यस दिन ७ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्