करिनाले किनिन् अाफ्नाे बच्चालाई कपडा


 


गर्भावस्थाको अन्तिम समयमा अधिकांश महिलाले स्वास्थ परीक्षण गर्न मन पराउँछन्। तर, बलिउड अभिनेत्री यसको ठीक विपरीत निस्किइन्। उनले केही दिनअघिसम्म पनि फिल्म सुटिङ मात्र गरिनन्, अब हुने बच्चाका लागि सपिङ गर्न बजार पनि पुगिन्। त्यसो त करिनाले अरू महिलाजस्तो यस समयमा पनि आरामचाहिँ गरेकी छैनन्।

केहीअघि उनी फोटोसुटका लागि मात्र गइनन्, साथीहरूसँगको भेटघाटलाई पनि बाक्लो बनाएकी छिन्। केही दिनअघि मात्र उनी मलाइका अरोडालाई भेट्न गएकी थिइन्।

केही दिनयता सामाजिक सञ्जालमा करिनाको एउटा फोटो भाइरल भइरहेको छ। फोटोमा करिना मुम्बईको कुनै एउटा स्टोरमा बसिरहेकी देखिन्छिन्।

त्यही फोटोलाई आधार बनाएर उनले बच्चाका लागि सपिङ गर्न गएको अनुमान गरिएको छ। सैफ अलि खानसँग १६ अक्टोबर २०१२ मा विवाह गरेकी करिनाको डिसेम्बरमा पहिलो बच्चा ‘एक्स्पेक्ट’ गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्