संविधान संशोधनका विषयमा सरकार र मधेशी मोर्चाबीच छलफल


 


काठमाडौं, मंसिर ८
संविधानप्रति असन्तुष्टी जनाउँदै आएका मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनको विषयमा छलफल भएको छ ।

बुधबार बालुवाटारमा भएकोे सरकार र मधेसी मोर्चाको संयुक्त छलफलमा प्रधानमन्त्री दाहालले भाषा, नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व तथा सिमांकनका विषयमा संशोधन प्रस्ताव पेश गरिने तथा प्रस्ताव दर्ता भइसकेपछि प्रमुख प्रतिपक्षीसहित अन्य दलहरुसँगसमेत छलफल गरेर सहमति खोजिने प्रस्ताव राखेका थिए ।

प्रस्तावपछि बैठकमा सहभागी दलका नेताहरुले यसप्रति सकारात्मक धारणा राखेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मधेसी मोर्चाका नेताहरुले आफूले पनि संशोधन प्रस्ताव दर्तालाई नै पर्खिरहेकोले संशोधजन प्रस्ताव दर्ता गर्न सुझाव दिएका थिए ।

संशोधन प्रस्ताव दर्ता गर्न एमाललेलाई नपर्खने तर दर्ता भएपछि पनि सहमतिका लागि प्रयास जारी राख्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार अबको २-३ दिनभित्र संशोधन प्रस्ताव संसदमा दर्ता हुनेछ ।

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्