त्रिवि उपकुलपति खनियाँको कार्यालय घेराउ


 


काठमाडौं, मंसिर ८
चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिन देखि अनसन बसेका डा. गोविन्द केसीका समर्थकहरुले त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामाको माग गर्दै उनको कार्यालय घेराउ गरेका छन् ।

केसीको स्वास्थ्य खतरामा पर्दै गएपनि हालसम्म माग सम्बोधनका लागि कुनै पहल नभएको भन्दै केसी समर्थकले बुधबार राजीनामाको माग गर्दै कार्यालय घेरेका हुन् ।

सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सको आह्वामा वुधबार मध्यान्ह चिकित्सा संस्थानका आवासीय चिकित्सक र विद्यार्थीहरुले त्रिवि अगाडी प्रदर्शन गरे ।

उनीहरुले त्रिवि उपकुलपति राजीनामा देऊ, आज अनसनको ११ औं दिन, सरकार अझै किन मौन, राजनीतिक भागबण्डा बन्द गर, बरिष्ठताका आधारमा डिन नियुक्ति गर लगायतमा नारा घन्काएका थिए ।

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्