चित्रबहादुर केसी दुर्घटनामा घाइते, उपचार हुँदै



chitrabahadur-kcकाठमाडाैं, मंसिर ८

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् । केसी कपनस्थित पार्टी कार्यालय जाने क्रममा दुर्घटनामा परेका हुन् । केसीका भतिज हिरा केसीका अनुसार उनकाे टाउको र ढाडमा चोट लागेको छ ।

केसी माइक्रो बसको ढोका छेउको सिटमा बसेका थिए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । स्थानीयको सहयोगमा केसीलार्इ अस्पताल लगिएको र अहिले अवस्था समान्य रहेको भतिज हिराले जानकारी दिए । अध्यक्ष केसीलाई आज अस्पतालमै राखेर उपचार गरिने भएकाे छ  ।

केसी ट्याम्पाे, माइक्राे लगायतका सार्वजनिक यातायात चढेर यात्र गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News