साना दलहरुद्धारा थ्रेस होल्ड नराख्न माग


 


काठमाडौं, मंसिर ९
संसदमा भएका साना दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर थ्रेस होल्ड नराख्न माग गरेका छन् ।

साना दलका प्रतिनिधिहरुले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजनीतिक दलसम्वन्धी विधेयकमा थ्रेस होल्ड नराख्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

समानुपातिक निर्वाचन प्रणाली अपनाएकाले थ्रेस होल्ड राख्न आवश्यक नभएको उनीहरुको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले थ्रेस होल्न हटाउनेबारे सकारात्मक जवाफ दिएको सांसद गोपाल दहितले जानकारी दिए ।

साथै उनीहरुले हालै संसदबाट पास भएको संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी विधेयकको विरोध पनि गरे ।

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्