Deshko News
१४ आश्विन २०८०, आइतबार

अध्यक्ष केसी घर फर्किए



chitrabahadur-kcकाठमाडौँ, मंसिर ९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आज साँझ अस्पतालबाट घर फर्किएका छन् । बुधबार गौशालामा दुर्घटनामा परेर घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएर उपचार गराउनुभएका पूर्व उपप्रधानमन्त्री केसीको स्वास्थ्यमा प्रगति भएपछि चिकित्सकका सुझाव अनुसार साँझ घर फर्किएकाे उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए ।

नशारोग विशेषज्ञ डा अमित थापाको समूहले उनकाे उपचार गरेको थियो । यसअघि आज पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल अस्पताल पुगी नेता केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News