दुर्बइमा भाेजपुरका खेमराज अलपत्र


 


युएर्इ, मंसिर ९

संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा १४ जना नेपाली अलपत्र परेका छन् । जसमा भाेजपुरका भोजपुरका खेमराज कटुवाल समेत रहेका छन् । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका हुन् ।

काठमाडौं पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख रूपैयाँसम्म तिरेर आएका उनीहरुले करार पत्रमा भनेअनुसार काम नपाएको बताएका छन् ।

युएईमा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिने भन्दै म्यानपावरले आफूहरुले पठाएको उनीहरूले बताए । भनेजस्तो काम नपाएपछि अलपत्र परेको र आफूहरुसँग खानका लागि पनि पैसा नरहेको उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्