प्रचण्डलार्इ टाेपबहादुरकाे झापड ! ५ नम्बर प्रदेश चलाए विद्राेह


 


CPN Maoist Centre leader Top Bahadur Rayamajhiकाठमाडाैं, मंसिर ९

माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नै पार्टीको सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावलाई ‘बजारिया हल्ला’ को संज्ञा दिएका छन् । पहाड र तराईलाई अलग गराउने गरी ल्याइने संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदबाट पास नहुने मात्रै होइन, यसले त्यस्तो प्रस्तावक पार्टीलाई समेत घाटा हुने माओवादी नेता रायमाझीले बताए ।

एमाले समर्थित युवा विद्यार्थीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रायमाझीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले ल्याउन लागेको प्रस्तावलाई ‘बजारे हल्ला’को संज्ञा दिएका हुन् । रायमाझीले प्रधानमन्त्री प्रचण्डको नाम नलिई उनको धज्जी उडाउँदै भने- ‘संशोधनको आवश्यकता छ, तर कहाँ कुन विषयमा संशोधन गर्ने भन्नेकुरामा प्रष्ट हुनुपर्छ । यो बजारिया हल्ला हो, एजेण्डा के हो प्रष्ट हुनुपर्छ ।’

रायमाझीले संविधान संशोधनमा मात्र भन्दा पनि त्यसको परिणामका बारेमा सोच्न ‘सम्वन्धित दल’हरुसँग आग्रह गरेका छन् । उनले पास नै नहुने संशोधनको प्रस्ताव लगेर असफलताको बाटोमा हिँड्नुभन्दा सबै राजनतिक पार्टीहरुले सहझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

नेता रायमाझीले समस्या नै नभएको ५ नम्बर प्रदेशलाई नचलाउन सरकारलाई चेतावनी दिएका छन् । उनले प्रचण्डलाई सचेत गराउँदै भने- ‘कतिपय नेताको ध्यान संविधान कार्यान्वयनमा भन्दा ५ नम्बर प्रदेशतिर गएको छ, उनले भने ‘जहाँ विवाद छैन, विवाद नभएको ठाउँमा गएर विवाद हाल्दिनुभएन । भूइँको टिप्छु भन्दा पोल्टाको पोखिन्छ, त्यतातिर ध्यान दिनुस् ।’

प्रचण्डले राजीनामा दिन्छु भनेपछि…

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्