सुन ६ महिनायताकै सस्ताे, अाज पनि भाउ घट्याे


 


काठमाडाैं, मंसिर ९

goldसुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ। बिहिबार एकै दिन सुन प्रतितोला ८ रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँमा कायम भएको छ।

गत जेठ २१ गते प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएपछि सुनको मूल्य आजभन्दा बढी कायम हुँदै आएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५५ हजार ४ सय रुपैयाँ रहेको सुन आज झण्डै ६ महिनायताकै न्यून मूल्यमा कायम भएको हो।

त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भएको छ। चाँदी अघिल्लो दिन ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
विवाहको सिजनमा सुन घटेपछि कतिपयलाई यसले राहत समेत मिल्ने भएको छ।

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्