३.६ रेक्टरको परकम्प


 


काठमाडौँ, मंसिर ९

धादिङको महादेवबेंसी आसपास केन्द्रबिन्दु भई परकम्प गएको छ । गए राति ८ बजेर २३ मिनेट जाँदा ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङ, नुवाकोट र मकवानपुरमा बढी महसुस भएको र त्यहाँबाट सर्वसाधारणले केन्द्रमा सोधखबर गरेको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । परकम्पको महसुस राजधानीका कतिपय स्थानमा समेत महसुस गरिएको छ ।

उनका अनुसार केन्द्रले ४ रिक्टर स्केलमाथिको परकम्प मात्र सार्वजनिक गर्ने र सोभन्दा मुनिका परकम्पलाई बेवसाइटमा मात्र राख्ने गरेको छ । गत वर्ष वैशाख १२ (७.६ रिक्टर) गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४७४ परकम्प गएको जनाइएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्