नेपालमा ५ सय र २ हजारका नयाँ भारु नोट पनि नचल्ने



bharuकाठमाडौं, मंसिर १०

नेपाल राष्ट्र बैंकले ५ सय र २ हजारका नयाँ भारु नोटलाई प्रतिवन्ध लगाएको छ ।  भारतमा रिजर्भ बैंक अफ इण्डिया (आरबीआर्इ) ले ५ सय र २ हजार भारु नेपालमा खुला भएको घोषणा नगरेसम्म नेपालभर प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौड्लले बताए ।

रिजर्भ बैंक अफ इण्डिया (आरबीआर्ई) ले सूचना प्रकाशित गरेपछि मात्र नयाँ भारु नोट नेपालमा चल्ने उनको भनाई छ । “५ सय र २ हजार भारुको नयाँ नोट नेपालमा भित्रिए पनि कानूनतः कारोबार गर्न पाइँदैन,” उनले भने, “यसका लागि आरबीआईले सूचना जारी गर्नुपर्छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला ५ सय र १ हजार दरका भारु खुला गरेको थियो । नेपालीले बढीमा २५ हजार भारु मात्र सटही सुविधा पाउनेछन् । २५ हजार भारु भन्दा बढी भएमा स्वतः जफत हुने कानूनी प्रावधान रहेको छ ।

भारतले कालोधन र जाली नोट नियन्त्रण गर्न भन्दै १ हजार र ५ सय भारु नोटमाथि प्रतिबन्ध लगाएको छ । आरबीआईले ५ सय र २ हजार दरका नोट बजारमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News