अाज पनि घट्याे सुनकाे भाउ, कति छ मूल्य ?


 


goldकाठमाडाैं, मंसिर १०

सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ ।

बिहीबार सुनको मूल्य तोलाको ५४ हजार ६ सय रुपैयाँ थियो । गत जेठको मध्यमा सुनको मूल्य ५४ हजार ५ सयभन्दा तल ओर्लिएको थियो । हिजो बिहीबार मात्रै सुन एकैपटक प्रतितोला ८ सय रुपैयाँले सस्तो भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमै सुन सस्तो भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको बताएको छ । मंसिर लागेयता सुन निरन्तर सस्तो भइरहेको छ ।

यसले उभोक्तालाई भने राहत पनि दिएको छ । नेपाली बजारमा मंसिर सबैभन्दा बढी सुन कारोबार हुने सिजन हो । चाँदीको भाउ भने आज स्थिर छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्