सरकारले आज संविधान संशोधन प्रस्ताव पेश नगर्ने


 


काठमाडाैं, मंसिर १०

सरकारले आज संविधान संशोधन प्रस्ताव पेश नगर्ने भएको छ । आजको मन्त्रिपरिषद् बैंठकबाट अनुमोदन गरी प्रस्ताव दर्ता गर्ने भनिए पनि सरकारले थप छलफलपछि मात्र प्रस्ताव अघि वढाउने तयारी गरेको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैंठकले संविधान संशोधनमा थप छलफल गर्ने निर्णय गरेको हो ।

त्यसक्रममा नेताहरुले संविधान संशोधन प्रक्रिया र त्यसमा उत्पन्न हुनसक्ने जटिलताबारे कानून ब्यवसायीहरुसँग पनि छलफल गरेका थिए ।

संविधान संशोधनबारे कांग्रेस र माओवादी केन्द्रबीच छलफल गरेर आईतबारसम्म टुंगोमा पुग्ने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले जानकारी दिए ।

माओवादी केन्द्र र काँग्रेसले पार्टीभित्र आन्तरिक छलफल गरेपछि सामूहिक धारणा बनाएर मधेशी मोर्चासँग छलफल गर्ने पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्