परीक्षाफल प्रकाशित


 


काठमाडौँ, मंसिर १०

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ जेठ–असारमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षीय स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । यसैगरी २०७३ साल वैशाख–जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ नियमित) को गृहविज्ञान विषयको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np रwww.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्