एकीकरणको साता नबित्दै राप्रपाभित्र विवाद सुरू



kamal-thapa-and-pashupatiकाठमाडाैं, मंसिर ११

पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो।

एक अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले रोखेको पार्टी गणतन्त्रमा गइसकेकाले फेरि राजतन्त्रमा नफर्कने धारणाप्रति पार्टी अध्यक्ष कमल थापा पक्षले आपत्ति जनाएका थिए। ‘पशुपति राणाको अभिव्यक्ति एकताको भावना र पार्टीको आधिकारिक धारणाविपरीत छ, शीर्ष नेताबाट कार्यकर्तामा भ्रम नपारौं’ भन्दै पार्टी अध्यक्ष थापानिकट रहेका सहप्रवक्ता मोहन श्रेष्ठले ट्वीटसमेत गरेका छन् जसालाई थापा स्वयंले रिट्विट गरेका छन्।

अाजकाे नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार हिन्दु राष्ट्र पक्षधर राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकीकरुण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News