सुरुङ्गा गोल्डकपको उपाधीका लागि एपिएफ र रुपन्देही ११ भिड्ने


 


gool-nepalकाठमाण्डौ , मंसिर ११

सुरुङगामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटवलको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपिएफ र रुपन्देही ११ खेल्दैछन् ।

खेल सुरुङ्गाको कन्काइ माविको मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब र झापा ११ लाई हराएको एपिएफमा राष्ट्रिय टिमका अञ्जन विष्ट, रञ्जन विष्ट, आदित्य चौधरी लगायत खेलाडी छन् ।

त्यस्तै, आर्मी र मनाङ मस्र्याङ्गदी जस्ता बलिया टिमलाई हराएर फाइनल पुगेको रुपन्देहीमा विमल घर्तीमगर बिक्रम लामा लगायत राष्ट्रिय खेलाडी छन् ।

प्रकाशित मिति: ११ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्