आन्तरिक उडानका लागि ठूला जहाज अाउँदै


 


airplane-take-off-at-sunset-hd-wallpaperकाठमाडौं, मंसिर १२

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनी क्षमता विस्तारका लागि साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन् ।आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउन थालेका छन् ।

आन्तरिक उडानमा नेपालको स्थापित वायुसेवा कम्पनी यती एयरले २९ र ३० सिट क्षमताका जहाज विस्थापन गरेर एटिआर ७२ नामक ठूलो जहाज ल्याउने भएको छ । उसले ४ वटा जहाज ल्याउने अनुमति मागिसकेको छ ।

यस्तै बजारकाे आवश्यकता अनुसार चलेको बुद्ध एयरले अझै थप २ वटा एटिआर जहाज खरिद गर्ने भएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्