Deshko News
१३ आश्विन २०८०, शनिबार

साझा यातायातका थप ३० वटा बस उपत्यकामा आजदेखि गुड्ने



sajha yatayatकाठमाण्डौ , मंसिर १२

साझा यातायातले सुविधा सम्पन्न थप ३० वटा बस उपत्यकामा आज देखि गुड्ने भएका छन्। आज देखि सञ्चालन हुने थप ३० बस पुराना ८ वटा बससहित ४ वटा रुटमा गुड्नेछन्।

ती नयाँ बसको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  एक कार्यक्रमबीच शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

सहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न ठूला सवारीमार्फत काठमाडौँ उपत्यकाका चारवटा रुटमा यात्रुले सेवा पाउने साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए।

सहरी सवारी मापदण्ड र यात्रुको सेवालाई मध्यनजर गरी साझाले विशेष सुविधायुक्त बस सञ्चालन गर्दैछ।

आधुनिक सुविधा सम्पन्न साझाको बस अपाङगमैत्री छ, त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा बसमा रहेको छ। बसभित्र दुई वटा ह्विलचेयर अट्ने ठाउँ छ।

 

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News