गृहमन्त्रीकाे राजीनामा माग, ‘निधि राजीनामा देउ घर जाउ’


 


काठमाडाैं, मंसिर १२

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका छन् । उनले सरकारलाई चुनाव गराएर देखाउन चेतावनी पनि दिएका छन् ।

कांग्रेस नेता निधिले एक अन्तवार्तामा एमालेलाई महेन्द्र पथमा हिँडेको भन्ने आरोप लगाएको भन्दै रावलले आइतबार रिपोर्टर्स क्लबमा आक्रोस पोखे । राववले भने, ‘जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाइसकेको हो, अब लेण्डुप पथमा नगई हुँदै हुँदैन भन्ने हो भने पद छोडेर घरतिर गए हुन्छ ।’

उनले थपे ‘महेन्द्रले चालेको कदमको एमालेले सशक्त विरोध गरेको थियो, यस्तो हाँस्यास्पद कुरा गर्न लाज लाग्दैन ?’ संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको दावीसमेत गरे ।

संविधान संशोधनको खाका भारतमा बनेको भन्दै उनले देश र जनताको अहित हुने गरी संशोधन हुन एमालेले नदिने बताए ।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई चुनाब गरेर देखाउन चुनौति पनि दिए ।

रावलले थपे, ‘यो सरकारले चुनाबको खाका कहाँ ल्यायो ? चुनाबमा जाऔं, परीक्षा गरौं न  ? चुनाबबाट किन भाग्न खोजेको ?’

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्