जब अर्जुन नरसिंह केसीलार्इ सलामी खान मन लाग्याे…


 


arjunnarsing-kcकाठमाडाैं, मंसिर १२

अाइतबार एकाएक सहरी विकास मन्त्री अर्जुन नरसिंह केसी चर्चामा अाए । केसी देश विकासकाे काम गरेर चर्चामा अाएका भने हाेइनन् । देश विकासकाे काम गरेर चर्चामा अाउन नसेकाे पनि केसीले भने अाफ्नै काम गज्जबले देखाइदिएका छन् ।

केसीले प्रहरीलाई आफ्नै निवासमा  बोलाए । तीनलाई अगाडि उभाए र आफू रातो  गलौंचा माथि उभिए । अगाडि दुईवटा घडा खडा गराए । प्रहरीको सलामी खाए । सलामी खाने अरु कोही नभएर स्वास्थमन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसी हुन ।

अघिल्लो सरकारमा यस्तै हर्कत देखाएका थिए, खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले । उनले गृहजिल्ला कालिकोटमा सुरक्षाकर्मीलाई अगाडि राखेर सलामी ठोक्न निर्देशन दिएका थिए ।

सो सँगै ओली सरकारका कालिकोटे मन्त्री चर्काे आलोचनामा परेका थिए । सामाजिक सञ्जालमा केसीकाे याे तस्बिर यतिबेला भाइरल भइरहेकाे छ भने केसीकाे याे हर्कतकाे विराेध जनाइएकाे छ ।

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्