चीन र भारतमा के–के गरेर फर्किए पूर्वराजा ?



gyanendra-komal-himaniकाठमाडाैं, मंसिर १३

३ साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन् । गत कात्तिक २३ गते सिंगापुर गएका उनी आइतबार फर्किएको हुन् ।

उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल, हिमानीको स्वकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोली हिजो फर्किएको हो । सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए ।

भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन् । दशैलगत्तै नयाँदिल्ली पुगेर भ्रमणको मिति तय गरेका पूर्वराजाका निजी सचिव सागर तिमल्सिनाले भारत भ्रमणको व्यवस्थापन गरेका थिए ।

सिंगापुरबाट केही दिनका लागि घुमफिर गर्न चीन गएको सो टोली चीन भ्रमणलगत्तै भारत पुगेको उच्च स्रोतले जनाएको छ । भारतपछि पुनः सिंगापुर हुँदै नेपाल फर्किएका पूर्वराजाले भारतमा उच्चस्तरीय भेटघाट गरेका छन् । नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News