अनुमतिबिनै किन नेपालमा रामदेवले लगानी गरे ?


 


ram-devकाठमाण्डौ , मंसिर १३

योगगुरु रामदेवले अनुमति नै नलिइ पतञ्जली आयुर्वेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ ।

लगानी गर्नु अगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति लिनुपर्ने भए पनि त्यो नलिई उनले आर्थिक कारोबार गरेका हुन् ।

रामदेव नै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीसमेत कानुनी प्रक्रिया मिचेर दर्ता गरिएको पाइएको छ ।

उक्त ‘नट फर प्रोफिट’ कम्पनीमार्फत व्यवसाय गर्ने गरी लगानी रकम ल्याउन नमिलेपछि उनले गैरकानुनी ढंगबाट काम गरिरहेको खुल्न आएको हो ।

रामदेवले गता साता काठमाडौंमा पत्रकार सम्मेलन गरी डेढ अर्ब रुपैयाँ लगानी गरिसकेको जानकारी दिएका थिए ।

उद्योग विभागका अनुसार रामदेवले कुनै पनि उद्योगमा लगानी गर्ने अनुमति नै लिएका छैनन् ।

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्