भूकम्पले पाेखरामा घर भत्कियो


 


काठमाडाैं, मंसिर १३

भूकप्पले कास्कीको लेखनाथमा एक घर भत्किएको छ । लेखनाथका रुद्रमोहन भट्टराईको पुरानो घर भूकम्पले भत्किएको स्थानीयले जानकारी दिएका छन् ।

भूकम्पले कास्कीमा अझै बढी क्षति भएको आँकलन गरिएपनि क्षतिको विवरण प्राप्त हुन बाँकी छ । कास्कीको उत्तरपूर्वी भूभागमा भूकम्पको महसुस बढी गरिएको स्थानीय नागरिकले बताएका छन् ।

भूकम्पको क्षतिको विवरण प्राप्त नभएको कास्की प्रहरीले जनाएको छ ।

नेपालमा फेरी शक्तिशाली भूकम्पकाे झट्का

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्