आज बालाचतुर्दशी पर्व



mandirकाठमाण्डौ , मंसिर १३

आज बालाचतुर्दशी दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरी मनाइँदैछ ।

सत्वीज छर्न विहानै पाशुपत क्षेत्रमा भक्तजनको ठूलो भीड लागेको छ । लाखौं भक्तजनले पाशपत क्षेत्र वरपर आफ्ना दिवंगत पितृहरुको सम्झनामा सद्बिज छरेका हुन् ।

हरेक वर्र्ष मंसीर कृष्ण चतुर्दशीको बिहान जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ ।

भक्तजन गएरातिदेखि नै महादीप बाली जाग्राम बसेका थिए । बालाचतुर्दशीमा मृगस्थली वा श्लेषान्तक वनमा छरेको सतबीज दिवंगत भएकाका लागि बाली रोपिएको भन्ने लोककथन पनि छ ।

सतबीजबाट उम्रने अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News