कविता – जिन्दगी के हो ?


 


rameshतातो भए जिन्दगी चिया जस्तै पिउनु पर्छ

चिसो भए जिन्दगी बरफ जस्तै चुस्नु पर्छ

ठिकै भए जिन्दगी घुटु घुटु पिउनु पर्छ

जस्तो भए नि जिन्दगी जसरी नि जिउनु पर्छ

फूल भए जिन्दगी माला बनाई गाँस्नु पर्छ

खुशी भए जिन्दगी सधैं भरि हाँस्नु पर्छ

महँगो छ जिन्दगी जोगाएर साँच्नु पर्छ

त्यसै ले यो जिन्दगी जसरी नि बाँच्नु पर्छ

ज्योति भए जिन्दगी दियो जस्तै बाल्नु पर्छ

सुन भए जिन्दगी एक नम्बर मा गाल्नु पर्छ

सुरुवात भए जिन्दगी आजै बाट थाल्नु पर्छ

म त भन्छु जिन्दगी जसरी नि पाल्नु पर्छ

बसन्त भए जिन्दगी हरियाली आउनु पर्छ

गीत भए जिन्दगी संगित मा गाउनु पर्छ

खेती भए जिन्दगी पटक पटक धाउनु पर्छ

अमुल्य यो जिन्दगी जोगाई राख्न पाउनु पर्छ

रमेश थापा 

प्रकाशित मिति: ३० जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्