माओवादी केन्द्रको पोलिटब्युरो बैठक बस्दै



maoisti-center_mqtzgdmfevकाठमाडौं, मंसिर १३

नेकपा माओवादी केन्द्रको केन्द्रीय पोलिट्ब्यूरो बैठक सोमबार दिउँसो बस्दैछ।

शुक्रबार केहीबेर बसेर स्थगित बैठक सोमबार दिउँसो ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको संगठनात्मक एजेण्डा र आगामी रणनीतिको बारेमा छलफल हुने प्रवक्ता भुषालले बताइन्।

पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्न पार्टी अध्यक्ष प्रचण्डले तीन महिने कार्यक्रम प्रस्तुत गरेका छन्।

प्रस्तावमा पोलिटब्युरो सदस्यहरुले सोमबारदेखि आफ्नो धराणा राख्ने माओवादीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News